मंसिर ४ मा चुनाव गर्न गठबन्धन दल सहमत

काठमाण्डौँ : मंसिर ४ मा प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्न सत्तारूढ गठबन्धनभित्र सहमति भएको छ । गठबन्धनभित्र सहमति भएसँगै मन्त्रिपरिषद्ले बिहीवार यसबारेमा निर्णय गर्ने भएको छ ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएकोमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते चुनाव गर्ने प्रस्ताव गरेका थिए । यसअघि प्रधानमन्त्री देउवाका ज्योतिषीले मंसिर ४ मा चुनाव गर्नु शुभ हुने बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.