पार्टी आन्तरिक कारणले कमजोर भएका हो : एमाले सचिव भट्ट

अत्तरिया : नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी आन्तरिक कारणले मात्रै कमजोर भएको बताएका छन् । ‘पार्टी भित्र लामो समय प्रशिक्षण नहुनु, नेकपाको एकतालाई प्रष्टसंग नबुझ्नु, पार्टीभित्र गुट उपगुट हुनु, कसैलाई १० बुदे भन्ने कसैलाई, माओवादी, कसैलाई मालेको भन्ने उपमा दिने काम हुँदा हामी कमजोर भएको बताएका छन’उनले भने । शनिबार कैलालीको अत्तरियामा नेकपा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले पार्टी भित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियार जस्तै भएको बताए ।

‘यसको लागि वैचारीक, राजनीतिक प्रशिक्षण आवश्यक थियो । अहिले प्रशिक्षण नुहुँदा तलका कार्यकर्ता धार नभएको हतियार जस्तै भए’ उनले भने ‘कार्यकर्ता, नेता चेतना सहित तिखो हुनुपर्छ । हामीले हातीयारमा धार किन लगाउन्छौ भने त्यो बुचो भए काट्दैन । हाम्रोमा पनि बैचारीक रुपमा तिखोपन आएन भने विरोधि संग लड्न सक्दैनौ ।’ उनले वैचारीक रुपमा स्पष्ट नहुँदा कार्यकर्ताहरु व्यक्तिवादी भएका बताए । उनले अहिले एमाले परित्याग गरेको ठूलो पङ्ति पार्टीमा फर्किन लागेको बताए । ‘हाम्रो अध्यक्षको नीति भाडो खाली गर्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.