सामाजिक विकास राज्यमन्त्री रैका द्वारा एकीकृत सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन

अत्तरिया : संघीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा धनगढीमा एकीकृत सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरिएको छ ।
विनरक इन्टरनेशनल एवं निड्स नेपालको प्राविधिक सहयोग तथा यूएसएआइडी, यूकेएइडके ‘हाम्रो सम्मान’ परियोजना अन्तर्गत सुरु भएको प्रणालीको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कुनै पनि सुचना पाउनका लागि वास्तविक तथ्यांक दिनुपर्ने सामाजिक विकास राज्यमन्त्री रैकाले बताए । ‘सत्य तथ्यांकले राज्यलाई नीति निर्माण गर्न र विभिन्न संघ संस्थाहरुलाई काम गर्न सहयोग पुग्छ’, उनले भने । ‘सुचना पाउने नागरिकको अधिकार भएको हुँदा सत्यतथ्य सुचना दिन आवश्यक छ ।’ गलत सुचनाले टुर्घटना निम्त्याउने उनको भनाई रहेको छ । एकीकृत सामाजिक सुचना व्यवस्थापन प्रणाली प्रदेश सरकारको सहयोग रहेको मन्त्री रैकाले बताए । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्मा यो प्रणालीले स्थानीय तहमा हुने घटनाको अभिलेखीकरण गर्ने बताए । उनले मानव बेचबिखन, महिला हिंसा, लैंगिक हिंसा, वैदेशिक रोजगारका समस्या, श्रमशोषणलगायत अपराधिक घटनाहरु स्थानीय तहमा अभिलेखीकरण गर्न सक्ने बताए ।
कार्यक्रममा निड्स नेपालको सह–कार्यकारी निर्देशक प्रकाशचन्द्र मडै सुरुवातमा कैलालीका पाँच र कञ्चनपुरका चार स्थानीय तहमे लागू हुने बताए । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, गोदावारी नगरपालिका, जोशीपुर गाउँपालिका र कञ्चनपुरका भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकामा एकीकृत सामाजिक सूचना व्यवस्थापन प्रणाली सुरु हुने छ । ।
कार्यक्रममा परियोजनाका रत्नकाजी श्रेष्ठ कानून र सरकारी शासनको व्यवस्थापन गर्न यो प्रणाली आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम कार्यालय प्रमुख मोहनदेव जोशी, जिल्ला प्रशासन कार्यालय कैलालीका अधिकृत शिवराज जोशी, याक नेपालका देवीप्रसाद खनाल, गाउँपालिका महासंघ सुदूरपश्चिम कार्यालयका अधिकृत नवराज उपाध्याय लगायत सुझाव दिएका थिए ।
अभिमुखी कार्यक्रममा प्रत्येक स्थानीय तहका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको १, सूचना प्रविधि शाखाको १, गरी २÷२ जनाको सहभागीता रहेको छ । सोमबार कैलाली र कञ्चनपुरका ९ वटै स्थानीय तहका सम्बन्धित शाखाका कर्मचारीहरुलाई प्रशिक्षण दिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम निड्स नेपालका कार्यक्रम निर्देशक भवराज रेग्मीके अध्यक्षतामा भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.