धनगढी : सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ‘सामाजिक विकास मन्त्री ज्यूले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव मन्त्री ज्यू ले मन्त्रिपरिषदमा लैजानु भयो र आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको राज्यमन्त्री राज्यमन्त्री रैकाले बताए ।
‘प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयमा हामी आईसकेपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका हो’ राज्यमन्त्री रैका ले भने । ‘सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति गरिएको हो ।’
सम्बन्धित पाेस्टहरु