अत्तरिया : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागतयोग्य रहेको बताएका छन्। प्रेस चौतारी नेपाल कैलालीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले यस्तो बताएका हुन्।
ुनागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाउनुभयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ’ नेता भट्टले भने।
उनले छिमेकी भारतमा पनि ७ वर्ष नपुग्दासम्म नागरिकताको प्रक्रिया नै सुरु नहुने प्रावधान रहेको बताए। ‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा ७ वर्ष नपुग्दा नागरिकताको प्रक्रिया नै सुरु हुदैन, अफगानिस्तानले पनि ७ वर्षमा नागरिकता दिन्छ, मालदिभ्सले १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिन्छ, भुटानमा त बिहे गरेर बच्चा जन्मेको २ वर्षपछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ। बंगलादेशले पनि २ वर्षभन्दा अगाडि नागरिकताको प्रक्रिया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’ नेता भट्टले प्रश्न गरे।
उनले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता बिसाल जनसंख्या भएको देशमा विवाह हुने वित्तिकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हितविपरीत भएको बताए। ुअहिले एमालेले पनि विवाह गर्ने वित्तिकै नागरिकता दिने प्रावधानसहितको विधेयक ल्याएको थियो भनेर गठबन्धनले झुटको खेती गरिरहेको छ, म स्पष्ट पार्न चाहन्छु, नेकपा एमालेले ७ वर्ष पछि मात्रै विदेशी बुहारीले नागरिकता पाउने प्रावधानसहितको विधेयक ल्याएको हो, यसमा भ्रममा नपर्न अनुरोध गर्दछु’ नेता भट्टले भने।
नेता भट्टले नेकपा एमालेको पालामा सुदूरपश्चिममा गरिएका विकास निर्माणका काममा अहिलेको सरकारले पुरै बजेट कटौती गरेको आरोप लगाए। ुसुख्खा बन्दरगाहको ठेक्काको चरणमा जाने तयारी थियो, तर यो सरकारले अहिले नीति तथा कार्यक्रममा सम्भाव्यता अध्ययनको बजेट राखेको छ। प्रशिक्षण कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले वर्तमान सरकारको रवैयाको विरोध गर्न सबै पत्रकारहरुलाई आग्रह गरे। उनले देशको स्वाभीमान बचाउन, राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरू एकजुट भएर लाग्न आग्रह गरे।