संगम बचत तथा सहकारी संथाको १० औँ साधारणसभा सम्पन्न

धनगढी,३ भदौ : संगम बचत तथा ऋण सहकारी संस्था धनगढीको दशौँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच धनगढीमा सम्पन्न भएको हो । सहकारी संस्थाले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेको जनाएको छ ।
आर्थिक वर्ष २०७७\०७८ मा मात्रै १७७ जना नयाँ सदस्य थप भएता पनि २०७८\०७९ मा शेयर सदस्य घटेको पाइएको छ । सो अवधिमा ४५ शेयर सदस्य घटेको पाइएको छ । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष नरेशबहादुर विष्टका अनुसार गत आर्थिक वर्ष २०७७\०७८ मा संस्थाको कुल सेयर पुजी २ करोड ५४ लाख ७१ हजार ८ सय रहेकोमा आर्थिक वर्ष २०७८\७९ मा २६ करोड ६९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम,उत्प्रेरणा सम्बन्धी तालिम गरी संस्थाका कर्मचारीले समेत तालिम लिएको जनाएको छ । यस्तै संस्थाले पटक–पटक रक्तदान कार्यक्रम, असायहरुको लागि राहतका लागि प्याकेज सामुदायिक विकासका लागि संस्थाले आफ्नो क्षमता अनुरूप हरेका क्रियाकलाप गर्दै आइरहेको जनाएको छ ।
आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने संस्थाले जनाएको छ । अहिले ो सहकारी संस्थाले पाँच वडा शाखाबाट सेवा दिइरहेको छ । कैलालीको अत्तरिया, मसुरिया, मनहेरा, फूलबारी र हसुलियाबाट सेवा दिइरहेको छ ।
यस्तै संस्थाले एसएमएस, मोबाइल बैङ्किङ, फोन लगायतका सुविधाहरू ल्याउन सफल भएको जनाएको छ । दशौँ साधारण सभामा संस्थाका उत्कृष्ट पाँचै शाखाका एक एक शेयर सदस्यहरुहरुलाई सम्मान समेत गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि आफ्नो कार्य सुरु गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.