अत्तरिया : कैलालीमा भारत बाट चोरी गरेर ल्याईएको कपडा बरामद गरिएको छ । भारतबाट ल्याएर रापुरमा वेवारिसे अवस्थांमा छोडिएकोे दुई लाख ३२ हजार सात सय बराबरको बेवारीसे कपडा बरामद गरिएको हो । धनगढी उप–महानगरपालीका वडा नं. १३ राजपुरमा सो मुल्य बराबरको कपडा बरामद गरिएको हो ।।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर धनगढी,कैलाली बाट खटिएको टोलीले आईतबार कपडा बरामद गरेको गणले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर धनगढी,कैलाली का सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराका अनुसार वेवारिसे कपडा आवश्यक कारवाहीका लागि कैलालीको भन्सार कार्यालय बुझाईएको छ ।
सम्बन्धित पाेस्टहरु