अत्तरिया, ८ भदौ : सानाकिसान कृषक तथा लघ उद्यमीहरुको वित्तीय सेवामा पहुँच बढाउन राष्ट्र बैकको नीति अनुशारको सहुलियत कर्जाको प्रक्रियाबारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृषि विकास बैंक, मेघा बैंक, गरिमा बैंक, लगायातका १० बैंक तथा वित्तीय संस्थाहरु, किसानप्रतिनिधिहरु, राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रतिनिधिहरु साथै कञ्चनपुरका कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागितामा छलफल सम्पन्न भएको हो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालको स्रोत साझेदारीतामा संचालित कोभिड पुलफण्ड परियोजनाको सहयोगमा कोभिड–१९ प्रतिकार्य तथा पुनर्लाभ परियोजना अन्तर्गत १० कृषक समूहका १९२ कृषकलाई उद्यमशिलतासिप साथै व्यावासाहिक योजना बनाउन सहजिकरण गरेको थियो । उक्त उद्यम योजनामा आधारित उद्यमलाई अगाडि बढाउन आवश्यककर्जा उपलब्धताको लागि बैक तथा वित्तिय संस्था समक्ष किसानले माग राखेका छन् ।
बैक तथा वित्तिय संस्थाहरु वास्तविक किसानलाई ऋण प्रवाह गर्न तयार रहेको यसका लागि स्थानीय सरकारले सहजिकरण र अनुगमनमा सहयोग गर्नुपर्ने कुरा कृषि विकास बैंकका शाखा प्रवन्धक लोकराज ओझाले बताए । ओझाले सहि तरिका बाट आउने वास्तविक कृषकलाई सहुलियतकर्जा दिने प्रतिवद्धता गरेका छन् ।
पालिकाका कृषि र पशु शाखाका प्रमुखहरुले सम्पूर्ण किसानहरुलाइ व्यावासाहिक योजना बनाउन र उत्पादनमा केन्द्रित सहुलियत कर्जा प्रदानगर्न बैंकलाइ र कृषक दुवैलाई आफ्नो ठाउंबाट सहयोग गर्ने बताएका छन् । त्यस्तै किसानको वर्गीकरण गरि उपयुक्त किसान पहिचान गरि स्थानीय सरकारले मौद्रिक नीतिको व्यवहारिक कार्यन्वयनमा आफ्नो कार्ययोजना बनाएर सहयोग गर्न तयार रहेको ब्यहोरा कार्यक्रमका प्रमुख आतिथ्य एवं कृष्णपुर नगरपालिका नगर उपप्रमुख दौपद्री रानाले बताए । साथै उनले बैंकलाइ सहरी कर्जा नभई ग्रामिण कर्जालाइ प्राथमिकता दिन अनुरोध गरे ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल गोदावरी र कृष्णपुर दुबै पालिकाको सरकारको कृषि ऐन, कार्यविधिहरु निर्माणमा प्रविधिक सहजिकरण गरेको छ । कृषि प्रणाली सवलीकरणका योगदान पुर्याउने साथै कार्यशिलतामा स्थानीय सरकार र सरोकारवालासंगको हातेमालो र सहकार्यमामहासंघले सहजिकरण गर्दै जाने कुरा महासंघका सुदूरपश्चिम कार्यसमितिका अध्यक्ष प्रकाश थापाले बताए । त्यसैगरी महासंघका केन्द्रिय सचिव रामहरी शर्माले सहुलियतकर्जाको लागिनीतिगत पैरवी र यसको कार्यन्वयनको लागिमहासंघले सरोकारवालालाई सहजिकरण गर्दै आएको बताए ।
कार्यक्रमको छलफल सरोकारवाला (बैक, अन्यकर्जा परिचालन, स्थानीय सरकार, उद्यमी महासंघ) को भूमिका र योजना, मौद्रिकनीतिको परिकल्पनाको ब्यवहारीक कार्यन्वयनमा स्थानीय सरकारको संलग्नता, उद्यम योजना र कर्जा परिचालन, उद्यम विकास र कर्जाको उपयोगिता, उद्यमशिलता रुपान्तरणमा केन्द्रित रहेको थियो ।