सुदूरपश्चिम प्रदेशले माग्यो ६ चिकित्सकसहित १९ जना कर्मचारी

अत्तरिया : सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य केन्द्रका लागि करारमा कर्मचारी माग गरेको छ। बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका लागि तीन तहका लागि १९ जना कर्मचारी करारमा माग गरेको हो।

मन्त्रालयले मेडिकल अधिकृत ११, आयुर्वेद चिकित्सक छ, डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट एकरएक गरि १९ जना कर्मचारी करारमा माग गरेको जनाएको छ। मन्त्रालयले महाकाली अस्पतालका लागि चार, टीकापुर अस्पतालका लागि तीन, बाजुरा, बैतडी, डोटी र अछामका लागि एकरएक गरि ११ जना मेडिकल अधिकृत माग गरेको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी, डडेल्धुरा, अछाम, बैतडी, बाजुरा र दार्चुलाका लागि आयुर्वेद चिकित्सक छ जना माग गरिएको छ।

टीकापुर अस्पतालका लागि एक डेन्टल सर्जन र मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको छ । ‘लोक सेवा आयोगद्वारा पदपूर्ति नहुन्जेलसम्म वा नेपाल सरकारद्वारा स्थायी कर्मचारी सरुवा पदपूर्ति नभएसम्म सेवा करारमा लिइने’ सूचनामा उल्लेख छ। योग्य व्यक्तिले भदौ १४ गतेसम्म इमेलमार्फत दरखास्त दिन सक्ने सूचनामा भनिएकोछ। २१ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन सक्ने छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.