राज्यमन्त्री रैका द्वारा सिकलसेल एनिमियाको परीक्षण तत्काल शुरु गर्न निर्देशन

अत्तरिया : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका ले टिकापुर अस्पतालको अनुगमन निरीक्षण गरेका छन ।
यसक्रममा राज्यमन्त्रीरैकाले अस्पताल विकास समितिका पदाधिकारीहरु,चिकित्सकहरुसंग अस्पतालको भौतिक सरचना,दक्ष जनशक्ति,श्रोत साधन र व्यवस्थापकीय पक्षको बारेमा जानकारी लिनुका साथै अस्पतालमा सेवा लिन आएका बिरामी र उनका आफन्तहरुसंग अस्पतालले दिईरहेको सेवाका बारेमा छुट्टा,छुट्टै छलफल समेत गरेका थिए ।
कार्यक्रममा राज्यमन्त्री रैकाले टिकापुर अस्पताललाई थप सुबिधा सम्पन्न बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले अस्पतालको स्वास्थ्य सेवामा सबै जनताको सहज र सरल पहुँचको सुनिश्चितता गरि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । साथै राज्यमन्त्री रैका ले सिकलसेल एनिमिया बिरामीको परिक्षण कार्यलाई तत्काल शुरुवात गर्न समेत निर्देशन दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.