गेटा मेडिकल कलेजको नाम परिवर्तन गर्न प्रस्ताव

काठमाडौं : प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको नाम परिवर्तन गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ। सुहाउँदो नाम नभएको भन्दै स्वास्थ्य मन्त्रालयले नाम परिवर्तन गर्न अर्थ मन्त्रालय हुदै मन्त्रिपरिषद्मा प्रस्ताव गरेको अधिकारीहरुले बताएका छन्।
सरकारले गत ९ असारमा प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त गरेको थियो। भौतिक पूर्वाधारको निर्माण सम्पन्न भइसकेको भएपनि कानुन अभावमा गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। गेटामा अस्पताल सञ्चालन ल्याइसकेपछि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउने सरकारको तयारी छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, नाम ठिक नभएकाले हामीले परिवर्तन गर्न प्रस्ताव गरेका हौं।

स्वास्थ्य मन्त्रालयले ‘गेटा अस्पताल’ नामाकरण गर्न प्रस्ताव गरेको छ। नयाँ नाम परिवर्तन सँगै ५० लाख अस्पताललाई रकम विनियोजन गरिएको छ। नामसँगै रकम विनियोजनको प्रस्ताव पनि अर्थ मन्त्रालय पुगेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.