कांग्रेसमा कैलाली-४ बाट संघीय सांसद बन्न निबेदन शुल्क २५ हजार

अत्तरिया : नेपाली काँग्रेसले कैलाली-४ मा आसन्न संघ र प्रदेश निर्बाचनको लागि उम्मेदवार हरुलाई निवेदन दिन आह्वान गरेको छ । संघ र प्रदेसमा उम्मेदवार बन्न इच्छुकले मंगलबार र बुधबार निवेदन दिन सक्ने नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले सूचना मार्फत जानकारी गराएको छ ।

निवेदन दिन काँग्रेस को केन्द्र ले कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । तर केन्द्र को निर्देशन बिपरित यस क्षेत्रमा काँग्रेस ले संघ को उम्मेदवार बन्न २५ हजार शुल्क तोकेको छ । यस्तै, केन्द्रमा समानुपातिक उम्मेदवार बन्न रु २० हजार शुल्क तोकेको छ । प्रदेश ख मा उम्मेदवार बन्न रु १५ हजार र प्रदेशमा समानुपातिक उम्मेदवार बन्न रु १० हजार तोकिएको छ । संघीय सांसदको लागी केही बेर अघि निबेदन दिएका उम्मेदवार प्रकाश बमले पैसा नतिरेसम्म उम्मेदवारी नै दर्ता नहुने जबाब पाएको बताए ।

काँग्रेस क्षेत्र नम्बर ४ का सचिब जयराज फुलाराले यो उम्मेदवारी शुल्क भन्दा पनि पार्टी कार्यालय संचालन को लागि सहयोग मागिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.