अत्तरिया : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउदैँ छन् । संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कञ्चनपुर आउन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
माओवादीबाट पनि ठूलो संख्यामा एमाले प्रवेश गर्ने जनाइएको छ । कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जनाईएको छ । बिहान ११ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको र महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १एक बजे कार्यक्रम आयोजना हुने जनाइएको छ ।