कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नारदमुनी रानाको एकल नाम सिफारिस

अत्तरिया : एमालेको कैलाली–५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि एकल सिफारिस गरेको छ ।

उक्त बैठक सुरु हुँदा सुरुवाती मन्तव्य पार्टीकी पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम सह–इन्चार्ज लिला भण्डारीले थिईन । उनले यो क्षेत्रबाट सर्वसम्मत एकल नाम पठाएर सन्देश दिनुपर्ने र पार्टीको उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताईन नेतृ भण्डारीले नै नेता रानालाई उक्त क्षेत्रको उम्मेदवारका रुपमा प्रस्ताव गरेकी हुन् ।

नेतृ भण्डारीको प्रस्तावलाई हलले ताली बजाएर स्वागत गर्दै पारित गरेको थियो। उक्त अवसरमा प्रस्तावित उम्मेदवार रानाले आफ्नो नामलाई सर्वसम्मत रुपमा चुनिएकोमा सबैलाई धन्यवाद दिईन । उनले हामी सबैले अप्राकृतिक गठबन्धन विरुद्ध सशक्त भएर जुध्नुपर्ने भएकाले आफूलाई सबैको सहयोग र हातेमालो आवस्यक रहेको बताईन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.