अत्तरियामा सडकको क्षेत्राधिकार मिच्ने घर-पसल हटाउन नगरपालिका द्वारा चिन्ह लगाउँदै

अत्तरिया : गोदावरी नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनेका संरचना हटाउन नाप्ने काम सुरु गरेको छ । सडकको बिच भाग देखी दुवैतर्फ २५\२५ मिटर भित्र रहेका संरचनाहरु हटाउने भन्दै बिहिबार देखि नगरपालिकाले नाप्ने कार्य गरेको हो ।
नगरपालिकाले सडकपेटी तथा फुटपातमा बनेका संरचना हटाउने भन्दै एक हप्ता सुचना जारी गरेको थियो । उक्त सुचनाको अवधी सकिएपछि बिहिबार सडक र फुटपाटको क्षेत्र नाप्ने काम भएको र भोली देखी संरचनाहरु भत्काउने कार्य थालिने नगरपालिकाले जनाएको छ ।
सडक, पेटी मा राखिएका ठेला छाप्रा र फुटपातमा बनेका अवैध संरचनाहरुका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने बजार पनि कुरुप बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.