अत्तरिया : डेंगुबाट टीकापुरकी एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यू भएको हो ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक वलबहादुर रावलले उपचारका क्रममा बुधबार नै नेपालगंज भेरी अस्पतालमा मृत्यु भएको र स्वास्थ्य शाखामा आज (बिहीबार) मात्र खबर आएको संयोजक रावलले जानकारी दिए । सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा उपचारका लागि भर्ना गरीएको थियो । यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो । टीकापुर नगरपालिकाले अहिले डेंगुको संक्रमण बढ्न सक्ने भन्दै लामखुट्टेको लार्भा खोज र नष्ट गर भन्ने अभियान पनि सञ्चालन गरीरहेको छ ।
सम्बन्धित पाेस्टहरु