काठमाडौं,२४ भदौ : नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्ने तय भएको छ ।
राष्ट्रिय सभा सदस्य एवं कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रसिद्ध साहित्यकार कोइरालाको जन्मजयन्तीमा ७७ वटै जिल्ला कार्यसमितिले उनको सम्झना गर्दै कार्यक्रम गर्ने बताए ।उनका अनुसार जननायक कोइरालाको जन्मजयन्तीमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उहाँको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम छ ।