भ्रष्टाचार विरुद्धको युवा सम्मेलन आज धनगढीमा

अत्तरिया : धनगढीमा आज (शनिबार) भ्रष्टाचार विरुद्धको प्रथम सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०७९ हुने भएको छ । धनगढीको ओम प्यालेसमा हुने भेलामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागितामा हुने आयोजक बासले जानकारी दिएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनमा भ्रष्टाचार विरुद्धको अभियान, सुचनाको हक प्रबद्र्धनमा युवाको भूमिका, भ्रष्टाचार विरुद्ध युवाको भूमिका र सदाचार प्रबद्र्धनमा युवाको भूमिका लगायतका विषयामा छलफल हुने बास कैलालीका संयोजक पाण्डव पुजारले बताए ।
सम्मेलनले भ्रष्टाचार विरुद्ध सुदूरपश्चिम घोषणा पत्र २०७९ समेत जारी गर्ने छ । सम्मेलनमा सुदूरपश्चिम लगायत विभिन्न प्रदेशबाट हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा स्थानीय तथा राष्ट्रिय तहमा युवा, सुशासन तथा जवाफदेहीताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको प्रमुख एव. प्रतिनिधिको पनि सहभागिता रहने छ । यस्तै प्रदेश सरकारका जिम्मेवार निकायहरु राष्ट्रिय सुचना आयोगका सुचना आयुक्त, तथा पुर्व सुचना आयुक्त, अख्तियार दुरपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.