चुरे गाउँपालिकामा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम

अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा चुरे गाउँपालिकामा एक दिने जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा चुरे गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापाले गाउँपालिकाबाट बीमाका योजनाहरू ल्याउन र अनुदानको व्यवस्था गर्न समेत आफूले पहल गर्ने बताइन् । उनले यो कार्यक्रम महत्वपुर्ण भएकाले फेरी पनि यस्ता बीमाका कार्यक्रमहरू ल्याउन बीमा समितिको प्रदेश कार्यालयलाई अनुरोध गरिन् ।

कार्यक्रममै बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गाउँपालिकाबाट पनि बीमाको विकासमा सहयोग पुर्‍याउन विभिन्न बीमाका योजनाहरू ल्याई अनुदानको व्यवस्था समेत गरी गाउँपालिका भित्र बसोबास गर्ने मानिसहरूलाई सेवा सुविधा प्रदान गर्नु हुन अनुरोध गरे ।

यस्तै उनले कृषि, पशुपन्छी तथा जडीबुटीको बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदानको व्यवस्था गरेको हुँदा सबैलाई बीमा गर्नु हुन अनुरोध गरे । न्यून आय भएका तथा पिछडिएका वर्गका मानिसहरूमा बीमाको पहुँच पुर्‍याउन सरकारले लघुबीमा कम्पनी स्थापना गर्ने नीति लिएको हुँदा त्यसलाई कार्यान्वयन गर्ने क्रममा बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आव्हान गरी सकिएको र अब छिट्टै लघुबीमा कम्पनी पनि स्थापना हुने बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरूको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.