स्थानीयले प्रहरीलाई बुझाए अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन् । पछिल्लो समय सामाजिक संजालमा बच्चा चोर्ने महिला नेपाल भित्रिएको भन्ने हल्लाका आधारमा शंकास्पद महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।
बच्चा चोरेको भन्ने प्रमाणीत नभएको तर, एकजना भारतीय महिलालाई स्थानीयले प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । ‘बच्चा चोरेको फेला पारेको होईन तर, एकजना महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन्’ ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेयले भने ।
पछिल्लो समय बच्चा चोर्ने गिरोह नेपाल भित्रिएको भन्दै सामाजिक संजालमा विभीन्न फोटो तथा भिडीयोहरु देखिएका छन् । महिलामाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.