अत्तरिया, २८ भदौ : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न २ को अठन्नीफाँटाबाट जग्गा नापी सुरु भएको छ ।
मंगबालबार नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्य सुरु गरेको हो ।
कृष्णपुर नगरपालिकाको वडा न १ को पुतलीबजारबाट पनि भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको नगरप्रमुख ओझाले सुरु गरेका छन् । बुधबार कृष्णपुर नगरपालिका वडा न ९ पनि जग्गा नापजाँचको कार्य सुरु हुने छ । अहिलेसम्म वडा न ४ मा नाप नक्साको कार्य जारी रहेको छ । ६ महिना भित्रै नगरपालिकाका ९ वटै वडाको जग्गा नापजाँच गरिसक्ने जनाएको छ । १ देखि डेढ वर्ष भित्रै जग्गाधनी पुर्जा वितरण गरिसक्ने लक्ष्य रहेको छ ।
