अत्तरिया, २९ भदौ : धनगढीमा ‘लैङ्गिक उत्तरदायी विपद् जोखिम न्यूनीकरण व्यवस्थापन र नेतत्ृव विकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । बुधबार कानुनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक० को आयोजना तथा युएनडिपिको आर्थिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । विभिन्न विपद्मा महिला, बालबालिका, वृद्धाहरुलाई कसरी सुरक्षित गर्ने उदेश्यका साथ भएको हो । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण खगेन्द्रराज जोशीले दिएका थिए । विपद् आउन पुर्व र विपद् आईसकेपछि कसरी काम गर्ने बारे र महिला, बालबालिका तथा वृद्धहरुलाई कसरी सुरक्षित पार्नेबारेमा प्रष्ट पारेका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर दुईका नागरिकहरुको सहभागितामा अभिमुखीकरण गराएको थियो । अभिमुखीकरण कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले सहभागिहरुले तालिममा सिकेका कुरा व्यहोरमा लागू गर्ने विश्वासव्यक्त गरेका थिए । समुदायमा कुनै विपद् आउँदा सबै भन्दा पहिले समुदायकै नागरिकहरुको भूमिका बढी हुने भएको हुँदा यस्ता तालिम तथा प्रशिक्षणले धेरै नै फाईदा पुग्ने उनको भनाई थियो । धनगढी वडा नम्बर २ तटीय क्षेत्रमा भएको हुँदा प्राकृतिक विपद्को जोखिममा समेत रहेको उनले उल्लेख गरे । ‘धनगढी–२ तटीय क्षेत्रमा भएको हुँदा जोखिम रहेको छ’, उनले भने । ‘त्यसका लागि पुर्व तयारी आवश्यक छ । यसप्रकारका तालिम पनि एक हो’ उनले समुदायको सहभागितामा नै आफु हगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकामा युएनडीपी कार्यक्रम अन्र्तगतको सुपर परियोजनाका सुचना अधिकृत आशिस शर्माले शहरी क्षेत्र ग्रामिण भन्दा बढी विपद्को जोखिममा हुने भएको हुँदा सर्तक रहन आवश्यक रहेको औल्याए । कुनै पनि विपद्मा समुदायकै सहयोगमा समस्या निराकरण हुने भएको हुँदा पुर्व तयारी आवश्यक रहेको उनले बताए । कार्यक्रममा सहभागिहरुमा महिला तर्फबाट विष्णु महता र पुरुषको तर्फबाट तपराज ओझाले भनाई राखेका थिए । उनीहरुले अभिमुखीकरण तथा तालिम समयसामहिक भएको हुँदा धेरै कुरा सिक्ने मौका पाएको बताए । कार्यक्रमको सञ्चालन अधिवक्ता पुष्पविक्रम शाहीले गरेका थिए ।
