एक्सिस सोसल क्लब द्वारा दृष्टि फाउन्डेसनलाई कुर्सी सहयोग

अत्तरिया, २९ भदौ : धनगढीस्थित एक्किस विद्याश्रम माविका कक्षा ११\१२ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार दृष्टि फाउन्डेसन नेपाल सहयोग गरेको छ । धनगढीमै रहेको फाण्डेसनलाई बाल दिवसको अवसर पारेर कुर्सी सहयोग गरेको हो ।
विद्यार्थीहरुले २५ थान भन्दा बढी प्लाष्टिक कुर्सी प्रदान गरेको छ । विद्यार्थीहरुले आफ्नो एक दिनको खाजा खर्च कटाएर समाजप्रतिको उत्तरदायित्व निभाएको एक्सिस सोसल क्लबका सदस्य शंकर खड्काले जानकारी दिए । कुर्सी हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्राचार्य अनिता पन्तले दृष्ठि फाउन्डेसन नेपालमा रहेका दिदी, बहिनी, आमा, बालबालिका त्यहाँ फाउन्डेसनमा भएका दृष्टिविहिनहरू अत्यन्तै हर्सित भए ।
यस्तै दृष्टिविहिन नागरिकको सहयोगका लागि दृष्टि फाउन्डेसन नेपाल धनगढीले एक्सिस क्लबलाई धन्यवाद दिदै सम्मान प्रकट गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.