अत्तरिया, ३० भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सुदूरपस्चिमाञ्चल सामुदायीक अस्पताल र सिद्धार्थ बैंक लिमिटेड बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।
अस्पताल र बैंक बीच सम्झौता भएसँगै ग्राहकहरुले सुदूपश्चिमाञ्चल सामुदायीक अस्पतालमा दिने स्वास्थ्य सेवा मा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट बैंक शाखा प्रमुख (म्यानेजर) दिलीप पंगाली र सामुदायीक अस्पताल को तर्फबाट प्रबन्ध निर्देशक डा. राजेशबहादुर खड्का ले बिहीबार सम्झौता गरेका हुन् ।
सिद्धार्थ बैंकका ग्राहकहरुलाई सामुदायीक अस्पतालले स्वास्थ्य उपचारमा १० प्रतिशत छुट दिएसंगै फार्मेसीमा समेत ५ प्रतिशत सम्म को छुट प्रदान गरिने भएको छ।
यसै गरी सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहकहरुले उक्त अस्पतालमा इसीजी,ओपिडि सेवा,माईनर तथा मेजर अप्रेशन ,ल्याब टेष्ट,बेड चार्ज, फिजियोथरापी लगायत अस्पताल ले दिने अन्य उपलब्ध स्वास्थ्य सेवाहरूमा १० प्रतिशत सम्म छुट पाउने भएका हुन् ।