प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका दुई बर्षीय कार्यक्रम सार्वजनिक

अत्तरिया : प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दुई बर्षमा गरेका कार्यहरु सार्वजनिक गरेको छ । बिहिबार धनगढीमा सरोकारवाला निकायको बैठक राखेर कार्यक्रमहरु सार्वजनिक गरेको हो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक बल्लु चौधरीका अनुसार कैलालीको शिवकालिका सामुदायिक वन र बडीमालिका सामुदायिक वनको सिमाना विवाद, लम्की चुहा नगरपालिका वडा नम्बर ९ वनबर्षाको खेल मैदान उपभोग सम्बन्धित विवाद र टीकापुर नगरपालिका वडा नम्बर ७ बेलुवा पनफेकुवा झरणको पानी निकास सम्बन्धी विवाद सल्टाएको छ ।
यस्तै, टीकापुर नगरपालिका वडा नम्बर ९ बौनिया देखि पयलगाउँ जाने बाटो निकासी सम्बन्धी विवाद, घोडाघोडी नगरपालिका वडा नम्बर ३ दौनावेवारी युवा क्लवको बाटो निकासी तथा खनजोत, सम्बन्धी विवाद र भजनी नगरपालिका वडा नम्बर ५ पिपराहुवा सामुदायिक वनको सिमाना एकिन सम्बन्धि विवादमा हाल प्रक्रियामा रहेको छन् ।
संयोजक बल्लुका अनुसार विवाद समाधान गरीसकेपछि पनि पुनः बल्झिने समस्या हुने गरेको छ । ‘धेरै दिन लगाएर विवाद समाधान गरेको हुन्छ’उनले भने । ‘केहि महिनामा फेरि विवाद भएका खवर आउन्छन । यसलाई रोक्न चुनौती छ ।’ उनले यसमा स्थानीय सरकारले पनि चासोका साथ निगरानी गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला रानाले समाजमा विभिन्न प्रकारका द्वन्द्व भएका बताउँदै ती कुरा न्यायक समिति सम्म पनि पुग्ने गरेको बताईन् । उनले कानुन अनुसार काम गरेमा कतै पनि विवाद नआउने उल्लेख गरिन् । क्षेत्राधिकार भन्दा वाहिर गएर काम गर्न खोजेमा विवाद हुने गरेको उनले बताईन् । आफुले पनि न्यायक समिति मार्फत धेरै मुद्धाहरु मिलमिलाप गराउने गरेको उनले प्रष्ट पारिन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप संयोजक खगराज भुषालले तल्लो तहमा नै समाजमा हुने विभिन्न विवादहरु समाधान भएमा यस प्रकारका कार्यले गर्दा अदालत सम्म चाप कम हुने बताए । कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कैलालीको सहजकर्ता रिता चौधरीले व्यक्त गरेकी हुन् ।
कार्यक्रममा लम्की–चुहा नगरपालिका, घोडाघोडी नगरपालिका, गादोवरी नगरपालिका र धनगढी उपमहानगरपालिका प्रमुख एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.