अग्नी संवाददाता
धनगढी, ३१ भदौ : डिप्लोमा ईन्जिनियरिङ्ग एसोसियसन कैलालीको अध्यक्षमा रोशनकुमार पन्त चयन भएका छन् । धनगढीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा १० सदस्य कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बिरेन्द्र चन्द, सचिवमा सूर्यप्रकाश पन्त चयन भएका छन् ।
सह–सचिव र कोषाध्यक्ष भने पछि चयन गरिने जनाएको छ । समितिका सदस्यहरुमा मनिराम लामिछाने, ठन्डराज भाट, मनोजसिंह धामी, मोहन सिंह मडै, जनक खड्का, बिनोद खड्का र जगदिश निर्मल बिष्ट रहेका छन् । यस्तै, समितिको सल्लाहकार सदस्यहरुमा लोकराज भट्ट, दिपकसिंह बिष्ट र दिनेश बोहरा रहेका छन् ।
अधिबेशनका सभापति महेन्द्रराज पन्त रहेका थिए भने डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंह प्रमुख आतिथि रहेका थिए । अधिवेशनमा कैलालीको धनगढीमा बिभिन्न पेशा ब्यावसायमा आबद्ध रहेका ईन्जिनियरहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु