जगदीश रोकाया
बाजुरा, २ असोज : समाजमा रहेको परम्परागत कुुरिती छाउपडी प्रथा सुधारका लागी बाजुराको जयबागेश्वरी र काँडा क्षेत्रमा गैर सरकारी संस्थाले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
रिड नेपाल ग्रिन तारा नामक गैर सरकारी संस्था मार्फत संचालन गरिएको गरिमा परियोजना अन्तरगत समुदाय र विद्यालय स्तरमा महिनाबारी स्वच्छता व्यवस्थापनलाइ मुख्य लक्ष्य बनाएर अन्य महिला पुरुष विचको विभेद सामाजिक कुरिती असमानता, बालअधिकारका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
संस्थाले खप्तडछेडदह गाँउपालिका अन्तरगत रहेको वडा नम्वर १ काँडा र वडा नम्वर २ जयबागेश्वरी क्षेत्रका गाँउ बस्ती १८ वटा सासु-बुहारी समुह गठन गरि महिला हकहित साथै महिला हिंसा, छाउपडी प्रथा सुधार गरि महिलाहरुको आत्मबल सम्मान क्षमता बढाउन पहल गरिरहेको छ । साथै गाँउपालिका भित्रका मावि विद्यालयमा पनि छात्रामा हुने महिनावारी स्वच्छता, खानेपानी शौचालय विद्यार्थीहरुको शैक्षिक सुधारका लागी अतिरिक्त क्रियाकलापमा सहयोग गर्दै आएको काँडा भवानी माविका शिक्षक दिपेश भट्टले जानकारी दिए ।
संस्थाहरुको क्रियाकलापले गर्दा महिलाहरुमा केहि जाँगरण पैदा भएर छाउपडी प्रथा साथै अन्य आफ्ना हकअधिकारका क्षेत्रमा महिलाहरु भन्न बोल्न सक्ने भएको खप्तड छेडेदह गाउँपालिका–१ का वडा अध्यक्ष विरबहादुर रावलले बताए ।
‘महिला समुुहको महिना महिना बैठक भइ रहेको छ । धामीझाँक्री पुुजारीहरु शिक्षक जनप्रतिनधिहरुलाइ संस्थाले बैठक तालिम गरि रहदाँ सवैमा सामाजिक विभेद कुरिती हटाउन एकमत भएका छौँ’ उनले भने । वडाले पनि संस्थासंग छाउपडीप्रथा सुुधारका लागी समन्वय सहकार्य गरेर काम गरिरहेको उनले वताए ।
गरिमा परियोजना बाट महिलाहरुको महानचाड तिज पर्व मनाउन रकम दिएका कारण पनि सवै महिलाले छाउपडि प्रथा विरुद्ध नारा लगाएको, डेउडा कार्यक्रम गरेर महिलाहिंसा अन्त्य गर्न महिला एकता भएकी कार्यपालिका सदस्य सृजना विकले बताईन् । उनले भनिन् । ‘यो संस्थाले केहि दिन अगाडि सरोकारवालाहरु शिक्षक, किशोर किशोरी, समाजका अगुवा भद्रभलाद्मी, महिलास्वंयमसेवीका, धामीझाँक्री जनप्रतिनिधिहरुसंग छाउपडीप्रथामा सुधार, बालअधिकार महिलाअधिकार प्रजनन स्वास्थ्यका बारेमा अभिमुुखीकरण गर्दा समाजमा रहेको कुरिती हटाउन सवै जाँगरुक भएको उनले वताइन । काँडा र जयबागेश्री क्षेत्रमा अहिले पनि महिलाहरु महिनावारी हुदाँ दहिदुुध खान दिदैनन भने छाउपडी प्रथा, बाल विवाह, बहुु विवाह, महिलाहिंसा महिला पुुरुषमा विभेद, पुुरुषहरुमा मदिरा सेवन बढी महिला कुटपिट गर्ने जस्ता समस्या सवाल बढी रहेको छ ।
गरिमा परियोजनाले बाजुरा जिल्लाको खप्तडछेडेदह र बझाङको खप्तडछानना गाँउपालिकामा काम गरिरहेको परियोजनाका फिल्ड अधिकृत विक्रमराज जोशीले बताए ।
सम्बन्धित पाेस्टहरु