१६ वर्षीय किशोरीको खोलामा डुबेर मृत्यु

कञ्चनपुर, २ असोज :  कञ्चनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ५ की १६ वर्षीय प्रेमवती रानाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पुनर्वासकै सिमरी खोलामा आइतबार दिउँसो माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.