अत्तरिया, ३ असोज : सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरियामा संविधान दिवस मनाएको छ । अत्तरिया जेसिज आयोजित कार्यक्रममा नेपालको नक्साको आकार दिएर दिप प्रज्वलन गरिएको हो ।
८ औं संविधान दिवसमा जेसिजका अध्यक्ष हर्कबहादुर कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिजका पदाधिकारीहरु लगायत स्थानीयहरुको समेत उपस्तिथि भएको थियो । अत्तरिया लगायत विभिन्न ठाउँमा सोमबार साँझ दिप प्रज्वलन गरिएको छ ।
