संविधान दिवसमा थरुहटको ‘कालो दिन’

अत्तरिया : ​​​​​​​नेपालको संविधान जारी भएको दिन असोज ३ लाई यस वर्ष पनि थरुहट÷थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारीणी सभाले कालो दिनका रुपमा मनाएको छ ।

सोमबार कैलालीको लम्कीचुहा नगरपालिका–४, बलियामा “असोज ३, कालो दिन” ब्यानरमा विरोध सभा आयोजना गरियो । सभा शुरुहुनुअघि थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारीणी सभा, कैलालीको अगुवाईमा विरोध र्याली निकालिएको थियो । “अपुरो संविधान संशोधन गर”, “नवरपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश घोषणा गर” “टीकापुर झुठा मुद्दा खारेज गर” लगायतका नाराअङ्कित प्लेकार्डहरुसहित विरोध प्रदर्शन गरिएको थियो ।

मोर्चा तथा सभामा आवद्ध ठूलो सङ्ख्यामा नेताकार्यकर्ताहरु सहभागी रहेको कार्यक्रममा वक्ताहरुले अधिकार र पहिचानको मुद्दा सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताए । थरुहटथारुवान प्रदेशको माग गर्दै आएका मोर्चा तथा कल्याणकारीणी सभाले नेपालको संविधानका केही धाराहरुप्रति असहमति रहेको बताउँदै आएका छन् ।

मोर्चाका कैलाली संयोजक तथा कल्याणकारीणी सभाका कार्यबाहक सभापति माधव थारुले संविधानका धारा १८, ४२, ५६ र धारा २७६ तथा अनुसूची ४ मा आफुहरुको पूर्ण असहमति रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.