गोदावरीमा २५ वर्षीय युवक मृत भेटिए, हत्या आशंकामा अनुसन्धानमा कुकुर प्रयोग

अत्तरिया, ५ असोज : कैलालीमा युवक मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जानकारी दिए । उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए ।
उनका अनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.