टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको ज्यान गएको हो ।
प्रहरीका अनुसार शनिबार साँझ उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.