अत्तरिया : सत्तारुढ पाँच दलिय गठबन्धनले कैलालीमा भागवण्डाको टुङ्गो लगाएको छ । पाँच वटा संघीय निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली कांग्रेसले तिन र माओवादी केन्द्रले दुइ क्षेत्र पाउने भएको छन ।
कैलाली एक,चार र पाँच नेपाली कांग्रेसको भागमा परेको छ कैलाली दुइ र तिन नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने एकिकृत समाजवादीको कैलालीमा कुनै क्षेत्र पनि भागमा परेको छैन । कैलाली एक बाट कांग्रेसले रामजनम चौधरी, कैलाली चारबाट बिरबहादुर बलायर र कैलाली पाँचबाट डिल्लीराज पन्तलाई उम्मेदवार बनाउदै छ त्यस्तै नेकपा माओवादीले पाएका दुइ क्षेत्र मध्य क्षेत्र नम्बर दुइलाई विशेष तरिकाले हेरिएको छ । कैलाली दुइमा संबिधान सभा सदस्य भगत बडुवाल र क्षेत्र नम्बर तिनमा बिरमान चौधरी माओवादीबाट उम्मेदवार बन्ने छन । गठबन्धनले आधिकारिक रुपमा घोषणा गर्न भने अझै बाँकी छ ।
नेकपा एमालेको कैलाली एक र दुइमा उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । कैलाली तिन,चार र पाँचमा एमालेका उम्मेदवारहरुको टुङ्गो लागी सकेको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि कैलालीमा उम्मेदवारहरुको टुङ्गो लगाइ सकेको छ ।