देउवाको उम्मेदवारी उजुरी : मतदाता परिचयपत्रको प्रिन्ट गल्ती भएको आयोगको प्रष्टीकरण

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस(बिपी) बाट उम्मेदवारी दिएका कर्णबहादुर मल्लले देउवाको जन्म मितिलाई लिएर उम्मेदवारी बदर गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । उनले नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेकाले उम्मेदवारी बदर गर्न माग गरेका थिए ।

उनको उजुरीपछि निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग जवाफ मागेको थियो । देउवाले पत्नी आरजु राणमार्फत मंगलबार लिखित जवाफ समेत पेश गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.