नागरिक उन्मुक्ति पार्टीका दुई उम्मेदवारको उम्मेदवारी खारेज

अत्तरिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका दुई उम्मेदवार लक्ष्मण थारु र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । यी दुवैको उम्मेदवारी खारेज हुनुको कारण चाहिँ एउटै हो ।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी पाइएकाले कैद सजायँ तोकिएकाले यी दुईको उम्मेदवारी खारेज भएको हो । चौधरीले अहिले कैद सजाय भोगिरहेका छन् भने थारु फरारको सूचीमा छन् । थारुले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका थिए । चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका थिए ।

दुवैले वारेसमार्फत् उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.