काँग्रेस नेता टिकादत्त जोशीले प्रदेश सांसदमा दिएको उम्मेदवारी फिर्ता लिए

अत्तरिया : काँग्रेस नेता टिकादत्त जोशीले प्रदेश सांसदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले गत २३ गते उम्मेदवारी दर्ता गराएका थिए ।

आज निर्बाचन कार्यालयमा पुगेर जोशीले उम्मेदवारी फिर्ता लिएका हुन्। उनलाई उम्मेदवारी फिर्ता गराउन काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार वीरबहादुर बलायरले लगायतका नेताहरु लागेका थिए । जोशीले पनि आफ्नो उम्मेदवारीको कारण बलायरलाई अप्ठ्यारो नहोस भनेर फिर्ता लिएको बताएका छन् । पार्टीले प्रदेशमा टिकट नदिएको भन्दै जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसले प्रदेश ख मा प्रकास बमलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.