अत्तरिया : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेलधुरा पुगेका सागर ढकालले चुनाव चिन्ह सिरिन्ज पाएका छन् ।
बुधबार निर्वाचन आयोगले उनलार्य सिरिन्ज चुनाव चिन्ह दिएको हो । यो क्षेत्रमा नेकपा एमालेले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ । आज डडेल्धुरामा ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन् ।