प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्रीलाई हटाए

काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाएका छन् ।
बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् । जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई हटाएको हो ।
जसपाबाट सरकारमा श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण र मृगेन्द्र यादव कृषि तथा पशुपक्षी विकास मन्त्री थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.