प्रधानमन्त्री देउवासहित गठबन्धनका नेता धनगढी आउने

अत्तरिया : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आईतबार अर्थात भोलि धनगढी आउने भएका छन । देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा छन् ।
उनीहरु भोलि (आईतबार) सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आउन लागेका हुन् । सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका जनाइएको छ । धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ यहाँ आउदैछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.