अत्तरिया : शनिबार साँझ सुदूरपश्चिममा गएको भूकम्प बझाङको पाटादेवलमा केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ५.४ म्याग्नुच्युटको भूकम्प गएको हो । जसको कम्पन सुदूरपश्चिमका सबै जिल्लामा महसुस भएको छ । भूकम्प शनिबार राति ८ बजेर १२ मिनेटमा गएको थियो । गत बुधबार रातिमात्रै डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जादा ६ जनाले ज्यान गुमाएका थिए ।