चैतन्य यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

अत्तरिया  : ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्ररछात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ । मङ्गलवार चैतन्य पाठशालामा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले ट्रफी सार्वजनिक गरेका हुन् ।

चैतन्य पाठशाला, धनगढीको आयोजनामा कैलाली जिल्ला फुटबल संघले सञ्चालन गर्न लागेको ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्ररछात्रा फुटबल प्रतियोगिता–२०८३’ मंसिर २५ देखि पुस ९ गतेसम्म धनगढी रङ्गशालामा आयोजना हुनेछ । ‘फुटबल फर स्कूल स् रोड टु वल्र्ड कप’ कार्यक्रमसँग जोडिएको यस प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्नु, विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडीको पहिचान गर्नु तथा जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गर्नु रहेको आयोजक चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेशप्रसाद जोशीले बताए । उनले यो वर्षबाट सुरू हुन लागेको प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्ने बताए । ग्रासरुट फुटबलको विकास गर्ने उद्देश्यले चैतन्य पाठशालाले कैलाली जिल्ला फुटबल संघसँग मिलेर हरेक वर्ष आयोजना गर्नेछ ।

अध्यक्ष जोशीले फुटबल खेलाडीमा विश्वस्तरीय सक्षमता हासिल गर्ने आधार विद्यालयहरूले गर्नुपर्ने बताए । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले फुटबल प्रतियोगिता गर्न चैतन्य पाठशालासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले १५ वर्षमुनिको साफ च्याम्पियनसीप प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छ्नोट गर्ने उद्देश्यले १४ वर्षमुनिका छात्ररछात्राको फुटबल प्रतियोगिता गर्न लागिएको स्पष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले शिक्षासँगै खेलकुद र समाजसेवाको क्षेत्रमा चैतन्य पाठशालाले उल्लेखनीय काम गर्दै आएको बताए । यस्तै, सदस्य सचिव खड्काले खेलकुदका हरेक कार्यक्रमलाई प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने बताए ।

मंसिर २५ देखि पुस ९ गतेसम्म आयोजना हुने प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ गरी कैलाली जिल्लाका कुल ३२ विद्यालयका फुटबल टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित २० जना खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित २३ जना रहनेछन् । यसअनुसार ३२ टोलीका अफिसियलसहित ७३६ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० जनाभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ । प्रतियोगिताले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास, छात्रछात्राको खेल सहभागिता अभिवृद्धि तथा भविष्यका प्रतिभावान् खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास आयोजक चैतन्य पाठशालाको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.