अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा एक बजेपछि मात्र मतगण्ना हुने भएको छ । निर्वाचनको कार्यालयका अनुसार सवदलीय बैठक सकेर मतपेटिका रुजु गर्ने काम सम्पन्न भएको छ ।
यस क्षेत्रमा ६४ हजार १५८ मत खसेका हुन् । कैलाली – ४ मा कुल मतदाता १ लाख १० हजार ४५३ मतदाता रहेकोमा ६४ हजार १५८ जनाले मतदान गरेका हुन । जुन कुल मतदाताको ५८ प्रतिशत मात्रै हो ।
कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको वितरण अनुसार मतदान गर्ने मध्ये ३४ हजार ७०८ जना महिला र २९ हजार ४५० जना पुरुष रहेका छन । प्रदेशसभा ‘क’ मा ३२ हजार ५८४ जनाले मतदान गरेका छन । प्रदेशसभा ‘क’ मा ५४ हजार ६३४ मतदाता रहेका थिए । त्यस्तै प्रदेश सभा तर्फ ‘ख’ मा ३१ हजार ५७४ जनाले मतदान गरेका छन । प्रदेश सभा ‘ख’ मा ५५ हजार ८१९ मतदाता रहेका थिए । यस क्षेत्रमा नेपाली काँग्रेसबाट वीरबहादुर वलायर र नेकपा एमालेबाट लेखराज मुख्य प्रतिस्पर्धामा रहेका छन् ।