कञ्चनपुर-३ मा मतगणना सुरु

कञ्चनपुर : कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना सुरु भएको छ। दिउँसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १, २ र ३ बाट एकैसाथ मत गन्न थालिएको हो।

निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेकी निरुदेवी पालबीच कडा प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नं. १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.