गौरीगंगामा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते

अत्तरिया : कैलालीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-६ बनबेहडामा अत्तरियाबाट गइरहेको पूर्वतर्फ गइरहेको सु।प।प्र ०२००१ ज ४०६ नम्बरको हाईस दुर्घटनामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुर्घटनामा लम्किचुहा नगरपालिका-१ बस्ने कर्मा प्याकुरेलको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । उनीहरूको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त हाइसमा १८ जना यात्रु सवार थिए । ११ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.