प्रदेश सभा सदस्यहरुलाई बाजुरेली समाजको स्वागत तथा बधाई

अत्तरिया, १६ पुस : नवनिर्वाचित प्रदेश सांसदलाई बाजुरेली समाज धनगढीले स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । समाजले बाजुराबाट निर्वाचित प्रदेश सांसद पदमबहादुर शाही, नरेश शाही र जुना दानीलाई स्वागत तथा बधाई दिएको हो । यस्तै बाजुरा जन्म घर भई धनगढीमा कार्यक्षेत्र बनाएकी प्रदेश सभा सांसद सन्तोषी शर्मालाई पनि स्वागत तथा बधाई गरेको हो । शर्मा कैलालीबाट समानुपातिक बाट निर्वाचित सांसद हुन् ।
समाजका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित चार जना सांसदलाई खादा ओढाएर बधाई तथा सम्मान गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आगामी पाँच वर्षे कार्यकाललाई उपलब्धीमुलक बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सांसद पदमबहादुर शाहीले समाजले गरेका कामको प्रसंसा गर्दै आगामी दिनमा अझ श–शक्तभएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए । उनले बाजुरा विकासमा पछाडी परेको हुँदा त्यहाँको जनताको जीवनस्तर माथि उठाउन आफु अगाडि लाग्ने प्रतिबद्धता गरे । यस्तै अर्को प्रदेश सभा सांसद नरेशबहादुर शाहीले हरेक ठाउँमा बसोबास गर्नका लागि समाज महत्वपूर्ण भएको हुँदा समाजलाई माथि उकास्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । उनले जुन दलबाट निर्वाचित सांसद भए पनि बाजुराको विकासका लागि एक भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कैलालीबाट निर्वाचित सांसद सन्तोषी शर्मा थापाले प्रखेशको विकासका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने विश्वास व्यक्त गरिन् । प्रदेशमा पनि बाजुरा जस्ता दुर्गम जिल्लाको विकासका लागि सम्पूर्ण सांसद एक ठाउँमा आउन आवश्यक रहेको बताईन् । त्यस्तैगरी अर्को प्रदेश सभा सांसद जुना दानीले पनि समाजले गरेका कामको प्रसंसा गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा समाजका पूर्व अध्यक्ष द्घय भीमबहादुर शाह, कुलबहादुर हमाल र समाजसेवी हिक्मत शाही, नवराज जैशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका सचिव रामचन्द्र जोशीले सञ्चालन गरेको कार्यक्रममा बाजुरा घर भएर धनगढी रहेको विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.