अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक सोमबार बस्दै छ।दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो।प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
यसपछि अर्को बैठक माघ २ गते बस्ने छ। सो दिन प्रदेश सभाको सभामुख चयन प्रक्रिया अघि बढ्ने छ। त्यसका लागि आइतबार नै सर्वदलीय बैठकबाट निर्णय गरिएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए।
अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।