नदिजन्य पदार्थको विक्रिवितरणमा लगाईएको आरोपमा सत्यता छैन् : गोदावरी नगरपालिका

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका नदिजन्य पदार्थको विक्रिवितणमा लगाएको आरोपमा सत्यता नभएको जनाएको छ । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर सामाजिक सञ्जालमा भईरहेको आरोपमा सत्यता नभएको बताएको हो ।
‘नदिजन्य पदार्थ ठेक्क गर्न टेण्डर गरेको हो’, नदिजन्य पदार्थको अनुगमन समितिका संयोजक देवराज भट्टले भने । ‘कसैको पनि निवेदन नपरेपछि सबैको सुझाव गरेर नै अगाडि बढेको हो’ ठेकेदारले एक ट्रिप÷दुई ट्रिपका लागि नगद लिनेगरेको तर, त्यो भन्दा माथि भएको अवस्थामा मासिक रुपमा बुझाउने गरेको उनको भनाई रहेको छ ।
नगरपालिकामा विगत देखि रहेको प्रक्रियालाई नै निरन्तरता दिएको उनको भनाई रहेको छ । उनले विगतका दिनमा नगरपालिकाले राजश्व उठाउदा करिब ३ करोडको हाराहारीमा मात्रै उठाएको र आफुहरुले कम्तिमा पनि ४ करोड भन्दा बढी राजश्व उठाउने लक्ष्य लिएको बताए । पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार १२ दिनको अवधीमा नगरपालिकाले ३१ लाख ७५ हजार २१० रुपैया राजश्व संकलन गरेको छ ।
नगरपालिकाले नदिजन्य पदार्थ विक्रि वितरणमा रसिदका रुपमा सेतो चिट दिएको भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको चर्को विरोध भईरहेको छ । ‘सेतो कागज कुनै नगद पैसा दिएर लिएको होइन् । यो भनेको रोयल्टि पोष्ट देखि सम्बन्धित क्रेसर सम्मका लागि हो’ नदिजन्य पदार्थको अनुगमन समितिका संयोजक भट्टले भने ‘हामीलाई लगाईएको आरोपमा कुनै सत्यता छैन । हामीले अनुगमन समिति बनाएका छौ । उक्त समितिले चेक गर्ने हुँदा त्यो सेतो चिट पास जस्तै हो ।’ उनले बाटो पासका लागी सेतो कागज दिईएको बताउदै त्यसबाट नगद संकलन नगरेको बताए ।
‘अहिले जुन वेस्टर्न क्रेसर र श्रीपुर क्रेसरलाई इस्यु बनाइएको छ । उधारो दियो, पोस्यो भनेर त्यो निराधार हो’ उनले भने ‘उहाहरुको ठूलो काम हुन्छ । एकजनाको ढाई सय टेक्टर छ । उनीहरु संग सम्झौता अनुसार नै हामीले महिनाको अन्तिममा हिसाब गर्ने गरी चिट दिईरहेका छौ ।’ उनले क्रेसर कम्पनिहरुले गाडीलाई दिएको चिटको आधारमा नगरपालिकाबाट पनि सोही बमोजिमको बाटो पासको चिट गएको त्यसलाई गलत प्रचार भईरहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.