गोदावरी नगरपालिका कार्यालय अगाडि एमालेको प्रदर्शन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरिएको छ । नेकपा एमाले गोदावरी नगर कमिटीले नदीजन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै कारवाहीको माग गर्दै नगरपालिका अगाडि प्रदर्शन गरेको हो ।

नगरकमिटी अध्यक्ष गोकण भट्टको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै विरोध जनाएको थियो । विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘खुटिया काण्ड बन्द गर’, ‘भ्राष्टाचार छानबिन गर’, ’अनियमितता बन्द गर’, ’राजस्व चुहावट गर्न पाइदैन’ लगाएतका नारा लगाएका थिए ।

नगर कमिटी अध्यक्ष भट्टले जनतालाई झुक्याएर जनतालाई छक्याएर दारु मासु खुवाएर चुनाव जितेकाहरुको काला कर्तुतहरुको भण्डाफोर गर्न गर्न आफूहरुले नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको बताए ।

उनले सोमबार विरोध मात्रै जनाएको र, सम्बन्धित निकायको ध्यान नगए थप सशक्त आन्दोलन गर्ने बताए । उनले आफूहरुले अख्तियारमा पनि उजुरी हालिसकेको बताए । गोदावरी नगरपालिकाले पुष ५ गते देखि आफै नदिजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहको छ । सो क्रममा नगरपालिकाले नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सेतो चिट दिएको विषयका कारण उक्त प्रकृया विवादीत बनेको छ । नगरपालिकाले नियमसंगत नै नदिजन्य पदार्थ विक्रि भईरहेको दावी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.