गोदावरी नगरपालिकाले गर्‍यो दाउरा वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले दाउरा वितरण गरेको छ। चिसो बढेसँगै गोदावरी नगरपालिकाले अत्तरिया बजारमा मंगलबार दाउरा वितरण गरेको हो। बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेकोे नगरप्रमुख विरेन्द्र भट्टले बताए।

उनले चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए। उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको साथै चिसो समयभरी नै नगरले दाउरा वितरण गर्ने उनले जानकारी दिए।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.