गौरीगंगा नगरस्तरीय सामुदायिक मेलमिलाप समिति गठन

अत्तरिया : कैलालीको गौरीगंगा नगरस्तरीय सामुदायिक मेलमिलाप समिति गठन गरिएको छ। गौरीगंगा नगर उप–प्रमुख तथा न्यायिक समिति प्रमुख भोजबहादुर बम को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख देबिदत्त कडेँल भएको भेलाले नगरस्तरिय मेलमिलाप संयोजकमा हेमन्त राज जोशी (बाजे) लाई सर्बसम्मत चयन गरेको छ।
गौरीगंगा नगरपालिकामा १ देखि ११ वटा वडाका सुचिकृत २९ जना मेलमिलापकर्ता रहेका छन। बिबादको साटो,मेलमिलापको बाटो भन्ने मुल नारा लिइ आगामी दिनहरुमा न्यायिक समितिसँग सहकार्य गर्दै अघि बढने र समुदायमा भएका बिबादहरु न्युनीकरणका लागि प्रयत्नशील रहने संयोजक हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।
कार्यक्रममा वडा नं ६ का अध्यक्ष टेकबहादुर कुँवर,डबल दियाकोटि,न्यायिक समिति सदस्य जानकी बोहरा,मदन नेपाली,महिला विकास शाखा प्रमुख भावना जोशी लगायत मेलमिलापकर्ता हरुको उपस्थिति रहेको थियो। दो कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठक्कुलाले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.